काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा साढे ५९ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार घोराही सिमेन्टको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा कम्पनीको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८५१ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।