दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुनको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । बिहीबार, नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८५ लाख ५२ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, धौलागिरी लघुवित्तको १० प्रतिशत र सर्वोत्तम सिमेन्टको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

किसान लघुवित्तको ९.९१%, कर्णली डेभलपमेन्ट बैंकको ९.२३%, उन्नति सहकारी लघुवित्तको ४.६१%, नेपाल फाइनान्सको ४.४६%,पोखरा फाइनान्सको ३.७८%, आरबीबी म्यूचल फण्ड २को ३.५७%, लक्ष्मी भ्यालु फण्ड२ को ३.०२%, भगवती हाइड्रोपावरबको ३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स