साढे ४ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८५ लाख ५२ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड ३० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, माछापुच्छ्रे बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १ अर्ब २१ करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, ग्रोखाज फाइनान्सको २८ करोड ५३ लाख, शिवम् सिमेन्ट्सको १४ करोड ५८ लाख, सोनापुर मिनरल्स्को १२ करोड ७७ लाख, हिमालयन रि इन्स्योरेन्सको ९ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स