काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २ः१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले प्रवर्द्धन गरेको सुपर दोर्दी जलविद्युत आयोजना ुखु मो बैंकबाट लिइएको ऋण तिर्ने तथा कम्पनीबाट प्रवर्द्धन गरिएको हिमचुली दोर्दी जलविद्युत आयोजना ५७ मे.वा.को निर्माणमा लगानी गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हकप्रद निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत ३० गते सभा क्वालीटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजे डाकेको छ ।
सभा गर्न कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
सभामा पेश हुने प्रस्ताव :
१. अध्यक्षबाट प्रस्तुत संचालक समितिको आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने
२. आ.व. २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तको वित्तीय विवरण वासलात, नाफा
३. नोक्सान हिसाव, नगद प्रवाह विवरण र सेयर पुँजीमा भएको परिवर्तन लगायत अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने
४. आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने
५. संस्थापक शेयरधनी तर्फका ५ जना संचालकको निर्वाचन गर्ने
विशेष प्रस्ताव :
१. २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा
२. अधिकृत र जारी पूँजी वृद्धि गर्ने सम्बन्धमा
३. प्रबन्ध पत्रको दफा ६ मा आवस्यक संशोधन गर्ने सम्बन्धमा
४. नियमावलीको नियम २७(२) तथा ३१ (क) र (ग) संशोधन गर्ने सम्बन्धमा
५. उपरोक्त प्रस्तावहरु स्वीकृति एवम् अभिलेखको लागि पेश गर्दा नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा