साढे ३ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन पनि सेयर बजार गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ४५ हजार कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड ६० लाख, ग्रोखाज फाइनान्सको ११ करोड ९१ लाख, हिमालयन रि इन्स्योरेन्सको ७ करोड ४० लाख, फष्र्ट माइक्रो फाइनान्सको ७ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स