३ कम्पनीमा लाग्यो सकरात्मक सर्किट, अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बुद्वभूमि लघुवित्त र सर्वोत्तम सिमेन्टको १० प्रतिशत र धौलागिरी लघुवित्तको ९.९९ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

इन्फिनीटी लघुवित्तको ९.४५%, भगवती हाइड्रोपावरको ९.२९%, युनिक लघुवित्तको ९.०५%, हिमालयन लघुवित्तको ८.४८%, मानुषी लघुवित्तको ७.२१%, समता लघुवित्तको ७.१४%, पिपल्स् पावरको ६.३३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स