साढे ३ अर्बमाथिको कारोबार हुँदा शिवम् सिमेन्ट्सहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।

मंगलबार, नेप्से परिसूचक ६.२४ अंकले घटेर २०६७.२९ अंक विन्दुमा आइपुगेको छ ।

आज ९४ लाख ७८ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्स्को १८ करोड ८९ लाख, ग्रोखाज फाइनान्सको १५ करोड ८२ लाख, घोराही सिमेन्टको १० करोड १६ लाख, नेपाल फाइनान्सको ९ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स