सेयर कारोबार सुरु भएको १० मिनेटमै सर्वोत्तम सिमेन्टको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । दोश्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमै सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मगलबार नियमित सेयर कारोबार सुरु भएको १० मिनेटमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६११.६० रुपैयाँ पुगेको छ । जुन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले तोकिदिएको अधिकतम मूल्यको तुलनामा प्रतिकित्ता ५५.६० रुपैयाँ बढी हो ।

मंगलबारको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएसँगै कम्पनीको कारोबार सुचारु भएको थियो ।

कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो ।

नेप्सेले कम्पनीको ओपनिङ रेन्ज न्यूनतम १८५.३६ रुपैयाँदेखि अधिकतम ५५६.८ रुपैयाँसम्म तोकेको थियो । नेप्सेले तोकेको रेन्जको अधिकतम विन्दुबाट यसको सेयर कारोबार सुरु भएको हो ।

सोमबार कम्पनकिो ४ करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो । जसमध्ये संस्थापक समुहको ८७.०९६ प्रतिशत अर्थात् ४ करोड ५ लाख कित्ता रहेको छ भने बाँकी रहेको १२.९०३ प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्ता, आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र आम नेपाली नागरिकलाई निष्काशन गरिएको हो ।

नेप्सेमा ‘एसएआरबीटीएम’ संकेतमा सर्वोत्तमको नियमित कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स