आज ग्रोखाज फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ३.२७ अंकले बढेर २०७३.५३ अंक विन्दुमा आइपुगेको छ ।

आज ७४ लाख ५९ हजार कित्ता सेयर २ अर्ब ८८ करोड ५६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्रोखाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २० करोड ३० लाख, सोनापुर मिनरल्स्को १३ करोड ४६ लाख, अपर तामाकोशी हाइड्रोपावरको ११ करोड ६४ लाख, घोराही सिमेन्टको ७ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स