काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ अंक विन्दुमा आइपुगेको छ ।
आज ८४ लाख ६ हजार कित्ता सेयर ३ अर्ब ३८ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४१ करोड ६४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, सोनापुर मिनरल्स्को २३ करोड ७ लाख, अपर तामाकोशी हाइड्रोपावरको १३ करोड ७८ लाख, घोराही सिमेन्टको ११ करोड २६ लाख, ग्रोखाज फाइनान्सको १० करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।