सेबोन अध्यक्षको सर्ट लिष्टिङ भरसक आजै, टप ५ को को ?

काठमाडौं । नेपाल धितोपत्रको बोर्डको अध्यक्षका लागि अस्ति बुधबारअन्तिम दिनसम्म १९ जनाको आवेदन परेको छ । आवेदक दिएका १९ मध्ये ५ जनाको सर्ट लिष्टिङ भरसक आजै गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । हिजो मन्त्रालयमा अवेरसम्म भएको छलफलमा सम्भावित ५ जनाको नाम टुंगाइएको बुझिएको छ ।

नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ, नेपाल स्टक एक्सजेन्स वर्तमान प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक द्वय डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा डा. विमल तिवारीको नाम सर्टलिष्टमा पर्ने सम्भावना देखिएको छ ।

आवेदन दिनेहरुमध्येबाट सेबोन अध्यक्ष छनोटसमितिले पाँच जनालाई सर्ट लिस्टिङ गरेर अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बोलाउने छ । तीमध्ये तीन जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्ने छ । मन्त्रीपरिषदले ३ जनाबाट एक जना धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्नेछ ।

सेबोन अध्यक्षको दौडमा नेप्सेकै कर्मचारी प्रविण पन्दाक, सेयर बजारका खेलाडी डा. केशव प्रसाद श्रेष्ठ, कृष्णराज पोखरेल, सन्तोष नारायण श्रेष्ठ, डा. गोपाल प्रसाद भट्ट, निरज गिरी, डा. रघुराज काफ्ले, सूर्यप्रसाद अधिकारी, रामदेव यादव, सीताराम थपलिया, रामकृष्ण खतिवडा, र खगेन्द्र कटुवालले बोर्ड अध्यक्ष पदका लागि आवेदन दिका छन् ।

बोर्डमा अध्यक्ष नियुक्तका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो । समितिले फागुन १६ गते बोर्डमा अध्यक्ष चयनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको थियो । बोर्डको अध्यक्ष पद पुस २१ गतेदेखि रिक्त रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स