काठमाडौं । एभरेष्ट बैंकले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।
कार्त्तिक १२ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कूल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरी कूल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै बैंकको आगामी वार्षिक साधारणसभाले पारित गर्ने छ ।