करिब ४ अर्बको कारोबार हुँदा अपर तामाकोशीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड १४ लाख ८३ हजार कित्ता सेयर ३ अर्ब ९४ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५० करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको २४ करोड ४ लाख, सोनापुर मिनरल्स्को १६ करोड २४ लाख, ग्रोखाज फाइनान्सको १२ करोड ७६ लाख, हिमालयन रि इन्स्योरेन्सको ९ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स