काठमाडौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार संस्थाको सन्चालक समितिले बसेको बैठकले सेयरधनीलाई २२.६३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट उक्त लाभांश घोषणा गरेको हो ।
कम्पनीको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र करसहित १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।