साढे ४ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा करेक्सन आएको छ ।

बुधबार, नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८ लाख ८९ हजार कित्ता सेयर ४ अर्ब २४ करोड ८५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ भने १६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड ५३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्स्को २० करोड ६९ लाख, हिमालयन रि इन्स्योरेन्सको २० करोड ६३ लाख, अपर तामाकोशी हाइड्रोपावरको १५ करोड ५४ लाख, ग्रोखाज फाइनान्सको १३ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स