नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सच्नेज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेशनल लघुवित्त र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य समायोजन भएको हो ।

जसमा, नेशनल लघुवित्तको ७.५० प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि लघुवित्तको सेयर मूल्य प्रति कित्ता ११३४.८८ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य १२२० रुपैयाँ कायम थियो ।

त्यस्तै, माउन्टेन इनर्जी नेपालको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको छ । समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५५७.३९ रुपैयाँ कायम भएको छ । यसअघि कम्पनीको सेयर मूल्य ६४१ रुपैयाँ कायम थियो ।

योसँगै, अब भोलि बुधबार समायोजित मूल्य अनुसार यी दुई कम्पनीको सेयर कारोबारमा आउनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स