नेप्सेमा तीन कम्पनीको १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा तीन कम्पनीको १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार नेपाल एसबीआई बैंक, आरएसडीसी लघुवित्त र मुक्तिनाथ विकास बैंकको गरि कुल १ करोड ८ लाख ३ हजार ४४२.१७ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा नेपाल एसबीआई बैंकको ३.७५ प्रतिशतले हुन आउने ३७ लाख ९५ हजार २३५.७६ कित्ता सेयर सूचीकृत भएको छ ।

आरएसडीसी लघुवित्तको ८.६ प्रतिशतले हुन आउने ७ लाख ४७ हजार ८२८.६५ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशतले हुन आउने ६२ लाख ६० हजार ३७७.७६ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स