दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा अधिकांश लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । आइतबार, नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ७० लाख ४३ हजार कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा लघुवित्त र वीन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

माहुली लघुवित्तको ८.७२%, सपोर्ट माइक्रो फाइनान्सको ८.७१%, उन्नति सहकारी लघुवित्तको ७.९४%, धौलागिरी लघुवित्तको ७.७०%, किसान लघुवित्तको ६.७५%, सबैको लघुवित्तको ६.२९%, नाडेप लघुवित्तको ६.२०%, नेशनल लघुवित्तको ५.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स