करिब ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ७० लाख ४३ हजार कित्ता सेयर २ अर्ब ९२ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४६ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २२ करोड ९३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सोनापुर मिनरल्स्को १८ करोड १३ लाख, जोशी हाइड्रोपावरको ७ करोड ९० लाख, हाथ्वे इन्भेष्टमेन्टको ७ करोड २८ लाख, हिमालयन रि इन्स्योरेन्सको ७ करोड १५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स