पुँजीबजार प्राथमिक विषय हो, बजारमा देखिएका समस्या समाधान गर्छौ : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । आइतबार नेपाल धितोपत्र ब्रोकर एसोसिएसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई भेटेर शुभकामनाका साथै सेयर बजार सुधारका विषयमा छलफल गरेका छन् ।

सो भेटमा अर्थमन्त्री पुनले सेयर बजारलाई प्राथमिक विषयको रुपमा राखेर अघि बढ्ने बताएका हुन् । उनले भने ‘सेयर बजारमा देखिएका समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्षसँग बसेर यस विषयमा छलफल गरि बजारमा देखिएका समस्या समाधान तर्फ अघि बढ्छौं’ ।

बजारको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने पूर्व तयारीमा रहेको र सम्वद्ध सबै निकायसँग सुझाव लिएर अगाडी बढ्ने समेत अर्थमन्त्री पुनले बताए ।

ब्रोकरहरुले पुँजीगत विकासका लागि ततकाल गर्नुपर्ने कामहरुको विषयमा अर्थमन्त्रीलाई बुँदागत रुपमा सुझाव दिएका थिए । बैंक तथा वित्तीय संस्थाहरूलाई संस्थागत लगानीकर्ताका रूपमा दोस्रो बजारमा सहजरूपमा कारोबरा गर्न दिनुपर्ने माग ब्रोकर व्यवसायीहरूले गरेका छन् ।

अर्थमन्त्रीसँगको भेटमा सेयर बजारको विकास लागि पहल गरिदिन आग्रह गरेको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बताए । ‘सेयर बजारमा देखिएका समस्या समाधान र बधाईका लागि हामी अर्थ मन्त्रालय गएका थियौं । बजार चलायमान बनाउने विषयमा कुराकानी भएको हो’ ढकालले भने, ‘बजारको आवश्यकता र लगानीकर्ताको मनोबल बढाउन अर्थमन्त्री सकारात्मक छन् ।’

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स