नेप्सेमा दुई इन्स्योरेन्ससहित ६ कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता दुई इन्स्योरेन्ससहित ६ कम्पनीको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । फागुन २१ गतेदेखि फागुन २४ गतेसम्म ६ कम्पनीको गरि कुल १ करोड ३२ लाख ३२ हजार ७५५.२५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा छिमेक लघुवित्तको ५ प्रतिशतले हुन आउने १४ लाख १७ हजार ७०१ कित्ता सेयर सूचीकृत भएको छ ।

युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशतले हुन आउने १७ लाख ९५ हजार ७९९.२५ कित्ता सेयर सूचीकृत भएको छ ।

सोल्टी होटलको ५ प्रतिशतले हुन आउने ४४ लाख २३ हजार ८६४ कित्ता सेयर सूचीकृत भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता सेयर सूचीकृत भएको छ ।

जीवन विकास लघुवित्तको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स