नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको ५६ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्ससहित तीन कम्पनीको करिब ५६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार हिमालयन एभरेष्ट इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड अजोड इन्स्योरेन्सको गरि कुल ५५ लाख ९५ हजार ३९१ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८.६३ प्रतिशतले हुन आउने १९ लाख ८६ हजार २२४ कित्ता सेयर सूचीकृत भएको छ ।

जीवन विकास लघुवित्तको १४ प्रतिशतले हुन आउने १६ लाख ५४ हजार ८४७ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको १०.२६१२ प्रतिशतले हुन आउने १९ लाख ५४ हजार ३२० कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स