करिब साढे ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०३०.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज ८९ लाख २९ हजार कित्ता सेयर ३ अर्ब १९ करोड ९२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५९ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्स प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५६ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १६ करोड ४१ लाख, सोनापुर मिनरल्स्को १३ करोड ४१ लाख, मोलुङ हाइड्रोपावरको १३ करोड ३७ लाख, हाथ्वे इन्भेष्टमेन्टको ९ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स