२४ लाख ७६ हजारले आवेदन दिएको मध्य भोटेकोशीको आईपीओ बिहान ९ बजे बाँडफाँट हुँदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज शुक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीले सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गरेको हो । ९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने सेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो ।
त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान ९ बजे नक्साल स्थित क्यापिटल कै कार्यालयमा सेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।

यस आईपीओमा मा ४.५६ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन सम्ममा आईपीओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट ३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो । अन्यमा जस्तै माग भन्दा बढीको आवेदन परेको यो आईपीओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपीओ पाउने छन् ।

कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि सेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ । उनीहरुले सर्वसाधारणलाई निष्काशन हुने सेयरमा आवेदन दिन नपाउने व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स