काठमाडौं । मंगलबार, नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गुराँस लघुवित्तको ८.७३%, ग्लोबल आईएमई ब्यालेन्स फण्डको ७.८५%, हिमालयन ८०–२०को ४.५६%, महिला लघुवित्तको ४.११%, मोलुङ हाइड्रोपावरको ३.४१%, एनआईसी एसिया ग्रोथ फण्डको २.८०%, किसान लघुवित्तको २.५८ प्र्रतिशतले सेयर मूल्य बढेको छ ।