काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७.६९ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १४ लाख कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३३ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१३ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४१ करोड ९१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको २४ करोड ६५ लाख, घोराही सिमेन्टको १४ करोड ३१ लाख, जोशी हाइड्रोपावरको १३ करोड १९ लाख, हिमालयन रि इन्स्योरेन्सको १२ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।