तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि कारोबार बन्द, ११ वटा कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार स्थगित भएको छ । नेप्से सूचक ६ प्रतिशतले बढेर बजारमा तेस्रो सर्किट ब्रेक लागेसँगै आजको लागि कारोबार बन्द भएको हो ।

आज बजार खुलेको ११ः३ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि १२ः४ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको थियो ।

त्यसपछि बजार खुलेको केहि सेकेण्ड मै नेप्से सूचक ६ प्रतिशतले बढेको हो।

योसँगै, अब कारोबार मंगलबार मात्र खुला हुनेछ । आज सोमबार नेप्से सूचक ११७.७० अंकले बढेर २०७८ विन्दुमा पुगेर बन्द भएको छ ।

९ लाख ३४ हजार कित्ता सेयर ३ अर्ब ७५ करोड २० लाखमा खरिदबिक्री भएको छ । आज २३० वटा कम्पनीको सेयर मूल्य बढ्दा २ वटा कम्पनीको घटेको छ । त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स