नेप्सेमा एक लघुवित्तसहित दुई कम्पनीको ३२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तसहित दुई कम्पनीको ३२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावर कम्पनीको गरि कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता सेयर सूचीकृत भएको हो ।

जसमा छिमेक लघुवित्तको ५ प्रतिशतले हुन आउने १४ लाख १७ हजार ७०१ कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशतले हुन आउने १७ लाख ९५ हजार ७९९.२५ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स