सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति परिवर्तन, अब कहिले हुँदैछ ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट हुने मिति परिवर्तन भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार सर्वोत्तम सिमेन्ट कम्पनीको अनुरोधमा आईपीओ बाँडफाँट गर्ने मिति परिवर्तन गरिएको हो ।

योसँगै, अब कम्पनीको आईपीओ फागुन २५ गते शुक्रबार बाँडफाँट हुने भएको छ । यसअघि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले कम्पनीको आईपीओ फागुन २४ गते बिहीबार बाँडफाँट गर्ने तयारी गरेको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १० लाख १२ हजार ३८४ जना आवेदकले ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा १९ अर्ब ३५ करोड ६५ लाख ६ हजार ९९१ रुपैयाँ रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको १९.३२ गुणा बढी हो ।

कम्पनीको सेयर ५५ हजार ५२१ जनाले हात पार्ने छन् भने बाँकी साढे ९ लाख भन्दा बढीको हात खाली हुने भएको छ ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेबाट फागुन १६ गतेसम्म बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स