काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० अंक विन्दुमा आइपुगेको छ ।
आज ५५ लाख ७४ हजार कित्ता सेयर २ अर्ब ८ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७३ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १३ करोड २० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड ३ लाख, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ३० लाख, बोटलस् नेपाल (तराई)को ५ करोड ८८ लाख, जोशी हाइड्रोपावरको ४ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।