काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।
कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको माग गर्दै बोर्डमा आवेदन दिएको हो ।
बोर्डले अनुमति प्रदान गरेमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा २८ लाख ५ हजार ७५० कित्ता सेयर बिक्री गर्नेछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।