काठमाडौं । विद्युत नियमन आयोगले पिपुल्स पावर लिमिटेडलाई हकप्रद निष्काशन गर्नको लागि पूर्व स्वीकृति दिएको छ । आयोगले फागुन १५ गते कम्पनीलाई हकप्रद निष्काशनको लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.५ अनुपातमा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीको मङ्सिर १७ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले आयोजनाको नियमित मर्मत संभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्न साथै लगानीका स्रोतहरु पहिचान गर्दै रोजगारी सिर्जना गरी राष्ट्रिय पुँजी वृद्धि गर्न आवश्यक पर्ने रकम हकप्रद मार्फत जुटाउने निर्णय गरेको जानकारी दिएको छ ।
कम्पनीले कोशी प्रदेश, इलाम जिल्ला स्थित ४.९६ मेगावाटको पुवा-२ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९/८/१२ देखि नियमित विद्युत उत्पादन तथा बिक्री गरिरहेको छ ।