काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आज फागुन १८ गतेदेखि हाल कायम चुक्ता पुँजीको १ः०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो ।
कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता सेयर निष्काशन गरेको छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । यस निष्काशनमा चैत्र ८ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो ।