दुई अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सवाृधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयरमा करेक्सन आएको छ ।

बुधबार, नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख १५ हजार कित्ता सेयर २ अर्ब ३ करोड ८१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ८ करोड ६ लाख, बोटल्स् नेपाल (तराई)को ७ करोड ४ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६७ लाख, हिमालयन डेष्टिलरीको ५ करोड ८३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स