करिब दुई अर्बको कारोबार हुँदा यस्ता छन् आज सवाृधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजार बढेको छ ।

मंगलबार, नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ३९ हजार कित्ता सेयर १ अर्ब ८६ करोड ९८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८९ वटा कम्पनीको घटेको छ भने १६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड १९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड २९ लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ४० लाख, घोराही सिमेन्ट्सको ५ करोड ४ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स