माछापुच्छ्रे कृति क्यापिटलले ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु तथा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरिक्षकको नियुक्ती तथा आर्थिक वर्ष २०७७/७८ को खुद तथा संचित मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पूँजीको ६.४ प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी सामान्य प्रस्तावहरु पारित भएको छ ।

यस्तै, बिशेष प्रस्ताव अन्तर्गत चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर, पुँजी बृद्धि, कम्पनीको नाम परिवर्तन गरी माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले ६.४ प्रतिशत नगद लाभांश दिने क्यापिटल लिमिटेड बनाउने लगायत प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने आवश्यक संशोधनहरुको प्रस्तावहरु पनि पारित गरेको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको तर्फवाट एक जना संचालक निर्वाचित हुनु पर्ने प्रस्तावमा सेयरधनी शिखर इन्सुरेन्स लिमिटेडका प्रतिनिधि दिप प्रकाश पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।

कम्पनीको दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरु प्रति कम्पनीका अध्यक्ष तथा यस सभाका सभापतिले धन्यवाद व्यक्त गर्दै हाल कम्पनीले मुख्यगरी धितोपत्र प्रत्याभूति सेवा, लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य सेवा लगायतका सेवा प्रवाह गर्दै आएको र कम्पनीले आगामी बर्षमा निष्काशन तथा बिक्री प्रबन्धक, म्युचुअल फण्ड, भेन्चर फण्ड, प्राइभेट इक्वीटी लगायतका थप सेवा सहित बजारमा आउने योजना रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स