सर्वोत्तम सिमेन्टको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा दोस्रो दिनसम्म मागभन्दा ८ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा सोमबार साँझ ५ः१३ बजेसम्ममा ४ लाख ७ हजार ७११ जना आवेदकले २ करोड २२ लाख २३० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीको आईपीओमा ८ अर्ब १ करोड २० लाख ६३ हजार ७ रुपैयाँ रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको सेयरको ८ गुणा बढी हो ।

सर्वोत्तम सिमेन्टले फागुन १३ गतेबाट बुक बिल्डिङमार्फत सर्वसाधारणलाई कुल २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ निष्काशन गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आईपीओ जारी गरेको हो । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स