यस्ता छन् आज सर्वाधिक सेयर मूल्य बढेका कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० अंक विन्दुमा आइपुगेको छ ।

आज ५९ लाख ८८ हजार कित्ता सेयर २ अर्ब १ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटलर्स नेपाल (बालाजु) को सेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

मनकामना स्मार्ट लघुवित्तको ८.१६%, नेपाल वायर हाउजिङको ७.६५%, सोनापुर मिनरल्सको ७.३५%, सिवाईसी नेपाल लघुवित्तको ६.७२%, नेपाल रि पब्लिक मिडियाको ६.१९%, वीन नेपाल लघुवित्तको ५.७४%, कालिन्चोक दर्शनको ५.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स