काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले बढेको छ ।
सोमबार, नेप्से परिसूचक १३.२८ अंकले बढेर १९९२.३० अंक विन्दुमा आइपुगेको छ ।
आज ५९ लाख ८८ हजार कित्ता सेयर २ अर्ब १ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७५ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, सोनापुर मिनरल्स्को सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ९ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७ करोड ७५ लाख, शिवम् सिमेन्ट्सको ६ करोड ६७ लाख, गोख्राज फाइनान्सको ६ करोड २६ लाख, सन नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।