काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबार योग्य सूचीकृत कम्पनीहरुको अद्यावधिक सूची सार्वजनिक गरेको छ। आइतबार नेप्सेले एक सूचना जारी गर्दै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ बमोजिम मापदण्ड पूरा गरेका मार्जिन कारोबारयोग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको हो।
नयाँ सूची अनुसार लगानीकर्ताले ११२ कम्पनीको सेयर धितो राखेर सेयर धितो कर्जा लिन सक्ने छन् ।
जसमा १९ वटै सूचीकृत वाणिज्य बैंक, ८ वटा विकास बैंक , ४० वटा लघुवित्त, ५ वटा फाइनान्स, ७ वटा जीवन र ९ वटा निर्जीवन गरी कुल ११२ कम्पनीहरु रहेका छन् ।
[embeddoc url=”https://www.hamroartha.com/wp-content/uploads/2024/02/margin-company.pdf” cache=”off”]