एकैदिन नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको १ करोड २२ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेपाल इन्स्योरेन्स, शिवम् सिमेन्ट्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा नेपाल इन्स्योरेन्सको १० प्रतिशतले हुन आउने कुल १४ लाख ९४ हजार ७६६ कित्ता सेयर सूचीकृत भएको छ ।

शिवम् सिमेन्ट्सको १४.२५ प्रतिशतले हुन आउने ६२ लाख ७० हजार कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १०.५० प्रतिशतले हुन आउने ४४ लाख ९८ हजार ०७७.३७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स