नेप्सेमा एक विकास बैंकसहित दुई कम्पनीको १ करोड १९ लाख कित्ताबढी सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक विकास बैंकसहित दुई कम्पनीको सेयर सूचीकृत भएको छ । बिहीबार मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर र घलेम्दी हाइड्रोको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा मितेरी डेभलपमेन्ट बैंकको ९.५० प्रतिशतले हुन आउने ९ लाख ६४ हजार २ सय ५१.३६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, घलेम्दी हाइड्रोको २०० प्रतिशतले हुन आउने १ करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स