साढे २ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ४१ हजार कित्ता सेयर २ अर्ब २४ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको ६ करोड २६ लाख, पिपल्स् हाइड्रोपावरको ६ करोड ९ लाख, सगरमाथा जलविद्युतको ५ करोड ८६ लाख, मोलुङ हाइड्रोपावरको ५ करोड ५७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स