दुई कम्पनीमा सकरात्मक सर्किट लाग्दा कुन कम्पनीको सेयर मूल्य कतिले बढ्यो ?

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ४२ हजार कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, बोटल्स् नेपाल र समाज लघुवित्तको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

सिद्वार्थ इन्भेष्टमेन्ट ग्रोथ सिमको ८.२७%, पिपल्स् हाइड्रोपावरको ७.९२%, हिमालयन रि इन्स्योरेन्सको ४.७९%, दोर्दी खोलाको ४.६५%, इग्वा हाइड्रोपावरको ४.५२%, भिजन लुम्बिनी उर्जाको ४.१५%, बीओके डिभेन्चरको ३.९८%, चिरख्वा हाइड्रोपावरको ३.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स