काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ अंक विन्दुमा आइपुगेको छ ।
आज ९३ लाख ४२ हजार कित्ता सेयर ३ अर्ब ११ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३१ करोड ७३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, साना किसान लघुवित्त प्रमोटर सेयरको १२ करोड ४० लाख, जोशी हाइड्रोपावरको ८ करोड २० लाख, ङादी ग्रुपको ६ करोड ४ लाख, दोर्दी खोलाको ५ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।