अम्बे स्टील्सले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

काठमाडौं । अम्बे स्टील्स लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले
प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा फागुन २३ गते डाकेको छ ।

यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालकहरुको पारीश्रमिक र भत्ता सम्बन्धमा

२. कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि गर्ने सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा

३. प्रबन्धपत्रको दफा ६ को उपदफा (ङ) संशोधन सम्बन्धि प्रस्ताव उपर छलफल तथा पारीत गर्ने सम्बन्धमा

४. कम्पनी ऐन, २०६३ को दफा ९३, अन्तर्गतका कारोबारहरु छलफल तथा पारीत गर्ने सम्बन्धमा

५. कम्पनी ऐन, २०६३ को दफा १०५ (ख) बमोजिम लिने र लिएको बैंक ऋण सम्बन्धमा छलफल तथा पारित गर्ने सम्बन्धमा

६. नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धमा

७. कम्पनी ऐन, २०६३ को दफा १८५ बमोजिम कम्पनी सचिव नियुक्ति गर्ने सम्बन्धमा

८. कम्पनीको स्वीकृत प्रबन्धपत्र तथा नियमावलीमा प्रस्तावित संशोधन भएको सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिवर्तन वा संशोधन गर्न निर्देशन भएको खण्डमा सोहि बमोजिम मात्र थपघट, परिवर्तन वा संशोधन गर्नका लागी सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धि विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा

९. कम्पनीको सेयर प्रिमियम मूल्यमा सर्वसाधारणमा (आईपीओ) जारी एवं बिक्री गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य अगाडी बढाउनको लागी सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा

१०. सेयरको सार्वजनिक निष्काशनको लागि बिक्री प्रबन्धक र अण्डरराईटर नियुक्त गर्ने सम्बन्धमा

११. सेयरको सार्वजनिक निष्काशनबाट प्राप्त रकमको उपयोग सम्बन्धमा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स