साहस उर्जाको सेयर डिम्याट खातामा आयो

काठमाडौं । साहस उर्जाले निष्काशन गरेको सेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ । हिजो मंगलबारबाट सिडीएससी एण्ड क्लियारिंगले सेयरधनीको खातामा सेयर पठाउन लागेको हो ।

खातामा सेयर आएसँगै नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सेयर सुचिकृत भएको भोलिपल्टबाट सेयर कारोबार सुचारु हुने छ । कम्पनीको क्ब्ज्ब्क् सिम्बलबाट कारोबार हुने छ । कम्पनीको सेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल रहेको छ।

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि १० गतेसम्म आइपीओ बिक्रि खुला गरेको थियो। कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्काशन गरेको हो । ७० लाख कित्ता मध्ये ३ प्रतिशत सेयर २ लाख १० हजार कित्ता कर्मचारीका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता म्युचुअल फण्डको लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो।

साहस उर्जाको आइपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आबेदन दिएकोमा ६ लाख ४४ हजारले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन्। कुल आबेदन मध्ये २३ लाख ८३ हजार ४६० जनाको आबेदन मात्र सदर भएको छ भने ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २३ लाख ८३ हजार ४६० जना मध्येबाट ५ लाख ४० हजारले १० कित्ता सेयर पाएका हुन्। कुल आबेदन मध्ये ११ हजार ९९६ जनाको आबेदन रद्द भएको थियो भने ५ हजार २ सय ८५ वटा आबेदन डीसक्यालीफाईड भएका थिए ।

कम्पनीले ८६ मेगावाट क्षमताको सोलुखोला (दुधकोशी) जलविद्युत आयोजनाको विकास निर्माण गरिरहेको छ । उक्त आयोजनाको प्रमुख पानीको स्रोत सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङ्गदुधकोशी गाउँपालिका लगायतका गाउँपालिकाहरुमा अवस्थित सोलु खोलाको पानी रहेको छ ।

सोलु खोला (दुधकोशी) जलविद्युत आयोजना (८६ मेगावाट) बाट उत्पादन हुने विद्युत खरीद विक्रीको लागि नेपाल विद्युत प्राधिकरणसँग मिति २०७१÷११÷१३ मा सम्झौता भएको छ । उक्त सम्झौताको समय अवधि व्यापारिक उत्पादन शुरु हुने मितिले ३० वर्ष वा विद्युत उत्पादन अनुमतिपत्रको अवधिमध्ये जुन घटी छ सो समयसम्म कायम रहनेछ । कम्पनीले आगामी जेठ २० गतेदेखि व्यापारिक उत्पादन गर्ने कार्य तालिका बनाएको छ । यो नेपालमा स्वदेशी लगानी मै निजि क्षेत्रले निर्माण गरिरहेको सबैभन्दा ठूलो क्षमताको आयोजना हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स