काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ७ लाख कित्ता सेयर ३ अर्ब ७७ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २१ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२५ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४० करोड ९० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकको १३ करोड ६५ लाख, जोशी हाइड्रोपावरको १० करोड १४ लाख, सगरमाथा जलविद्युतको ९ करोड २७ लाख, युनियन हाइड्रोपावरको ७ करोड ६१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।