लगातार ४ दिन सेयर बजारमा हरियाली, कारोबार रकम ६ अर्ब माथि

काठमाडौं । लगातार ४ दिनदेखि पुँजी बजारमा हरियाली छाएको छ । यो साताको पहिलो कारोबार दिनदेखि नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक बढी रहेको छ । आज नेप्से १८.०६ अंकले बढेर २७६९.१३ विन्दुमा पुगेको छ ।

बुधबार क वर्गका कम्पनीहरुको सूचक मापन गर्ने सेन्सेटिभ इन्भेक्स ०.४९ अंकले बढेर ५१६.५६ विन्दुमा पुगेको छ ।

आज २२८ कम्पनीका सेयर ७५ हजार ६१२ पटक कारोबार भएको छ । १ करोड १५ लाख ९२ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६१ करोड २६ लाख रुपैयाँको कारोबार भएको छ ।

होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रो पावर र उत्पादन मुलुक उपसमूह घटेका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ३१७.७४ अंकले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स