नेप्सेमा दुई हाइड्रोपावरको कुल १ करोड ३ लाख कित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार चिलिमे हाइड्रोपावर र सानिमा हाइड्रोपावरको गरि कुल १ करोड ३ लाख ४७ हजार ४३१ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा चिलिमे हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ७२ लाख ५८ हजार १८० कित्ता सेयर सूचीकृत भएको छ ।

सानिमा हाइड्रोपावरको १० प्रतिशतले हुन आउने ३० लाख ८९ हजार २५१ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स